नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, प्रधानमन्त्री उपस्थित भएनन्

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै नेकपा स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित स्थायी कमिटी सदस्यहरुले अध्यक्ष ओलीलाई केहीबेर कुरे पनि उपस्थित नभएपछि बैठक शुरु गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले प्रधानमन्त्री ओली बैठकमा उपस्थित नहुने जानकारी दिएका छन्। अध्यक्ष ओलीको चाहना नभए पनि सचिवालयका अधिकांस सदस्यका कारण स्थायी कमिटी बैठक पूर्वानिर्धारित मितिमै बोलाइएको हो।



प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको सचिवालयको बैठकमै बताएका थिए। ओलीले जारी विवाद अल्पमत र बहुमतको आधारमा समाधान हुन नसक्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार