राष्ट्रपति भण्डारीले जारी गरिन् यस्ता दुई अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई अध्यादेश आइतबार जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।



सम्बन्धित समाचार