नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।

देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली बनेको छ र त्यसको प्रभाव नेपालीमा पनि आंशिक रुपमा परेको छ ।
अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

