नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।
अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्वेताले लगनगाँठो कस्न लागेकी हुन्।
वैवाहिक कार्यक्रम विहानैदेखि शुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्। दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।
चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो। श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आएकी थिइन् ।
अन्ततः एक्लो जीवन बाच्न कठिन हुने भन्दै विवाह गर्ने मोडमा पुगेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।