राजावादीको आन्दोलनबाट झस्किए दलहरु, आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग बालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राजावादीहरुले गत शनिबार गरेको प्रदर्शनबाट दलहरु झस्किएको चर्चा छ । यता नेपाली कांग्रेसले भने ओलीको कारण व्यवस्थामाथिनै प्रश्न उठ्नथालेको आरोप लगाएको छ ।



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार