प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भन्दै कार्यक्रममा जाँदा सडक नै खाली गराइयो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । यसअघि सुरक्षा थ्रेट बढेको भन्दै पार्टी कार्यलय धुमबराही पनि जान नमानेका ओली कार्यक्रममा सहभागी हुन जाँदा सडक नै खाली गर्ने गरिएको छ ।

मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि उनको सवारी चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गराएर सवारी चलाएका थिए । विगतमा यस्तो अभ्यास थिएन ।



सडक नै खाली गराएर कार्यक्रममा लाने गरेपछि प्रधानमन्त्रीमाथि कहाँबाट सुरक्षा थ्रेट बढेको हो भन्ने प्रश्न उठेका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले आवश्यकता हेरेर केही कडाइ गरिएको बताए ।

सम्बन्धित समाचार