नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
बैठक अपरान्ह ४ बजे बस्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकका एजेण्डाबारे नखुलाइए पनि मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए।
