नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

लमजुङमा विहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार सुन्दरबजार नगरपालिका र बेशिशहरका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ७५२ पुगेको छ । संक्रमितमध्ये ५८६ जना भने उपचारपछि निको भैसकेका छन् । संक्रमितमध्ये ५ जनाको भने निधन भैसकेको छ ।
कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा सुन्दरबजार नगरपालिकामा विषेश शतर्कता अपनाउँदै विद्यालय र प्रशाशनिक काम बन्द गरिएको छ ।

