नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । विहीबार सनातन संस्कृति समाज नेपालले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनमा प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् ।
नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो । २० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।
यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो ।

