आज थपिए १ हजार २१७ जना कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६४ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।



त्यस्तै, संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

सम्बन्धित समाचार