बिरामी भएपछि राप्रपा नेता राजेन्द्र लिङदेनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। निमोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई विहीबार साँझ हेलिकप्टरमा काठमाडौं ल्याइएको हो।

राप्रपाका नेता मोहन श्रेष्ठले लिनदेङको थप उपचार ललितपुर नख्खुस्थित मेडिसिटीमा हुने बताए। ‘उहाँलाई कडा प्रकारको निमोनिया देखिएपछि हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो,’ श्रेष्ठले भने। श्रेष्ठका अनुसार उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको छ।



नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो। उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। मंसिर २० गते उनकै नेतृत्वमा झापामा राजतन्त्र पुनर्स्थापनको माग गर्दै सडक आन्दोलन भएको थियो।

 

 

सम्बन्धित समाचार