मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाई नाता पर्छन् ।



संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार