आजको देशका यी स्थानमा वर्षासँगै हिमपातको सम्भावना

देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ । हाल दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन्।

सम्बन्धित समाचार