आज देशका यी स्थानमा हुनेछ हिमपात र वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको छ । विभिन्न वायुका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।



यसैगरी, राति प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

सम्बन्धित समाचार