नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।
हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ । हालै पूर्वपदाधिकारी बैठकमा सहभागि भएका सिटौलामा कोरोना पुष्टि भएपछि कांग्रेस शीर्ष नेताहरु पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।
