आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आजबाट आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

दिउँसो प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।



तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन महाशहाखाले सबैमा अनुरोध छ।

सोमबार र मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

 

सम्बन्धित समाचार