मौसम पूर्वानुमान: पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

आज राति प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।



यस्तै, मंगलबार दिउँसो प्रदेश नं १ लगायत देशको अन्य पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार