नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् निराजन सापकोटाले बताए । दिउँसो भने काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
सापकोटाका अनुसार दिउँसो काठमाडौं उपत्यकाको मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
प्रदेश १ लगायत देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने विभागले जनाएको छ । यसैबीच, राति प्रदेश १ लगायत देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
तराईका अधिकांश भूभागहरुमा बिहान वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा भिजिविलिटी कम हुँदा बिहानको समयमा सडक तथा हवाई यातायात केही समय प्रभावित हुने गरेको छ ।
