नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लंघन भएको बताएका छन्।
आइतबार ट्विट गर्दै नेता रावलले प्रधानमन्त्रीले भाजपा विदेश प्रमुखलाई बालुवाटारमा वार्ता गर्नु विधिपद्धति र कुटनीतिक मर्यायादा उल्लंघन भएको उल्लेख गरेका हुन्।
‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि,पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो,’ रावलले ट्विटरमा लेखेका छन्, ‘देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’
