नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
अभिनेत्री वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भन्ने खबर सार्वजनिक भएपछि वर्षा आक्रोशित भएकी छिन् । उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाउँदा राम्रो हुने प्रतिक्रिया पनि दिएकी छिन् ।
उनले फेसबूकमा लेखिन्-वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचारहरू देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थभन्दा निकैबाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरूले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।
आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग-अलग छ । मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला ?
वर्षा अमेरिकामा रहेका एक युवकसँग प्रेम सम्बन्धमा रहेको कुरा हालै सार्वजनिक भएको छ । उनी केही समयअघि अमेरिका पुगेर फर्किएकी थिइन् ।