नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० मंसिर ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । भने, अहिले तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।
यसैगरी, आज दिउँसो प्रदेश नं १, प्रदेश २ तथा वागमती प्रदेशमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी, विहीबार दिउँसो देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
