नेकपा विवाद झनै चर्किने संकेत, संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति प्रचण्डको कडा आपत्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले मंगलवार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि सरकारले बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश तयार पारी राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।



अध्यादेश जारी भएपछि अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै सचिवालयलेभन्यो, ‘सबै दलहरूले संसद् अधिवेशन डाक्न माग गरिरहेको अवस्थामा संविधानविपरीत अध्यादेश जारी गर्नु कुनियतपूर्ण र परिवर्तनविरोधी रहेको छ । पार्टीको विवाद समाधानको प्रयास गरिरहेकै अवस्थामा यस्तो अध्यादेश जारी हुनुले फूटको दिशातर्फ गएको प्रस्ट भएको छ ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याएको अध्यादेशबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको बताएका छन् । नेकपाभित्रको जारी विवादलाई यो प्रकरणले थप संकटमा पुर्याएको छ ।

सम्बन्धित समाचार