आज थपिए ९३६ जना कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९६ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३८ हजार ५६० रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७३० जना पुगेको छ ।



सम्बन्धित समाचार