
नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेलामा संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन् ।
नेकपाका प्रमुख सचेतक देव गुरूङले संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइन्छ। सोही अनुसार राष्ट्रपति निवास गएको बताए। उनीहरुले विशेष अधिवेशन माग गर्दै निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास गएका हुन् ।
यता स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली भने अनुपस्थित भएका छन् । आजको बैठकमा मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी छ ।
