
मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने चर्चा भएपनि त्यसबारे कुनै निर्णय भएन । यद्दपी बालुवाटार स्रोतले भने अध्यादेश ल्याउँदा पनि छलफल नभएकोले छलफलबिनै फिर्ताको प्रक्रिया शुरु भएको दाबी गरेको छ ।
सरकारले मंगलबार ल्याएको अध्यादेशको चौतर्फी विरोध भएपछि फिर्ता गर्न प्रधानमन्त्री केपी अोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अोलीले अध्यादेश फिर्ता लिने निर्णय सुनाएका थिए । ओलीले आजै संवैधानिक परिषद्को बैठक बोलाएपनि प्रचण्डले आपत्ति जनाएपछि बैठक स्थगित गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले अपेक्षा गरिएअनुसार संसदको हिउँदे अधिवेशनबारे पनि कुनै निर्णय नभएकाे एक मन्त्रीले बताए ।
