थप ७८२ मा कोरोना संक्रमण, १६ जनाको निधन

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।



त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनामा पीसीआर परीक्षण गरिएको छ।

सम्बन्धित समाचार