
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । वार्ताको क्रममा ओली र प्रचण्डबीच चर्काचर्की भएको बालुवाटार स्रोतले बतायो ।
प्रचण्ड ओलीसँग भेटवार्ता गर्न शुक्रबार सवा पाँच बजेतिर बालुवाटार पुगेका थिए । भेटमा पार्टी विवादबारे नै छलफल जनाइएको छ । विहीबार पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । आजको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन ढिलाई गर्नुको कारण सोधेका थिए । ओलीले भने अध्यादेश फिर्ता लिन समय लाग्ने बताएपछि चर्काचर्की भएको थियो ।
पुस १ को स्थायी कमिटी बैठकमा अध्यादेश र समावेदन फिर्ता लिने निर्णय भएको थियो । प्रचण्डले अध्यादेश फिर्ता गर्न ढिलाई गरेमा संसदको विशेष अधिवेशन बोलाउने चेतावनी प्रचण्डले ओलीलाई दिएका थिए ।
