देशैभर बढ्यो चिसो, काठमाडौंको तापक्रम २ डिग्री

केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरै चिसो बढेको छ। काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन भएको थियो।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन भएको छ। दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने उनले बताइन्।



शनिबार काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रहने महाशाखाले अनुमान गरेको छ। अबको तीन दिनसम्मै उपत्यकाको मौसम सफा रहने भएकाले चिसो भने अझै बढ्न सक्ने अनुमान छ। आज बिहान तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको नगरकोटीले बताइन्। आज तराईमा दिउँसैसम्म यस्तै रहने उनले बताइन्।

सम्बन्धित समाचार