ओली-प्रचण्डबीच वार्ता जारी रहँदा वामदेव पनि पुगे प्रचण्ड निवास

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी ओली खुमलतार पुगेको केही समयभित्रै नेकपा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफललाई तिव्र पारेका छन् । अहिले नेकपाका दुई अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल जारी छ ।



पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । ओली प्रचण्डबीच वान टु वान वार्ता जारी रहेको बेलामा गौतमको प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार