
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले शनिबार दिनभर दौडधुप गरेका छन् । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
यसअघि उनले आजै बिहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए । उपाध्यक्ष वामदेव गौतमको साथ प्रचण्डलाई भेटेपनि जारी विवादबारे कुनै समझदारी भने बन्न सकेको छैन ।
