
मन्त्रिपरिषद्बाट संसद विघटनको लागि सिफारिस गर्ने निर्णय गराएका प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न मानेनन् । ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग नभेटी उनी संसद विघटनको प्रस्ताव बोकेर उनी शीतल निवास पुगेका छन् ।
ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष भेट नदिएपछि प्रचण्ड खुमलटार फर्किएका छन् ।
विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।
