प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेः संविधानविद्हरु

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । नेपाल वार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री ओलीले संविधान मै नभएको कदम चालेर संवैधानिक कू गरेको बताएका हुन् ।

संविधानविद विपिन अधिकारीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर उदण्डता देखाएको बताएका छन् । उनले संसद विघटन गर्ने कुनै अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको पनि उल्लेख गरेका छन् । उनले संसद् विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गर्न नहुने बताएका छन् ।



अर्का संविधानविद डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने बताएका छन् । उनले बहुमत सिद्ध भएको प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने दाबी गरे ।

उनले पनि यसलाई संविधानमाथिको कू भनेका छन । बहुमत सिद्ध प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न सक्ने व्यवस्था संविधानमा नभएको कानूनविदको भनाइ छ ।

सम्बन्धित समाचार