नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ। राप्रपा अध्यक्ष कमल थापाका अनुसार आइतबार ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो।
थापाले ट्वीटरमार्फत् संसद विघटनको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।
यता प्रधानमन्त्रीले संसद विघटनका लगि सिफारिस गरेपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । संविधानविद्हरुले पनि यो कदमलाई संवैधानिक कू को संज्ञा दिएका छन् ।
