आज बिहानै प्रधानमन्त्रीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको खुलाशा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ । नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ।



सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

सम्बन्धित समाचार