मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको विरोध गरेका परराष्ट्रमन्त्री भन्छन्-‘बेला आएपछि बेली विस्तार सुनाउँछु’

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव आइतबार बिहानको मन्त्रिपरिषद्को बैठकमा सुनाउँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा असहमति जनाए । प्रधानमन्त्री ओलीको कदमपछि ज्ञवालीले पनि राजीनामा दिने हल्ला चलेको थियो । संसद्को कृषि समितिमा सामूहिक राजीनामा दिन पुग्दा परराष्ट्रमन्त्री ज्ञवाली पनि आउने हल्ला थियो । तर त्यहाँ उनको उपस्थिति रहेन ।

विभिन्न घटनाक्रमप्रति सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि प्रतिक्रिया दिने मन्त्री ज्ञवालीले संसद् विघटन हुँदा पनि केही लेखेका छैनन् । ओलीसँग असन्तुष्ट रहेपनि ज्ञवालीको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



संसद् विघटन प्रकरणमा मन्त्री ज्ञवालीले यो विषयमा अहिले केही नबोल्ने र बेला आएपछि बेली विस्तार सुनाउने बताएका छन् ।

सम्बन्धित समाचार