
समावेशी आयोगको सदस्यमा सिफारिस भएका सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डाक्टर रामकृष्ण तिमल्सेनाले पद अस्वीकार गरेका छन्।
फेसबुकमा स्टास पोस्ट गर्दै आफूलाई उक्त पदप्रति रुचि नभएको बताएका हुन्। नेसनल ल कलेजका प्रिन्सिपल समेत रहेका उनी सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञका रूपमा कार्यरत छन्।
संवैधानिक परिषदको बैठकले तिमल्सनालाई समावेशी आयोगमा सिफारिस गरेको थियो। नयाँ अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा रिक्त रहेका विभिन्न ४५ पदमा पदपुर्ति गरेको थियो।
