बालुवाटारमा ओली पक्षको भेला शुरू, पूर्वमाओवादीबाट को को भए सहभागी ?

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा शुरु भएको छ। भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ।

अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन्। रामबहादुर थापा बादल भने उक्त भेलामा उपस्थित छैनन् । बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ । बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।



मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

सम्बन्धित समाचार