
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च हिमली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विहीबार भने देशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
