प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक शुरु, ओलीलाई कारबाही गर्ने तयारी

प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक शुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक शुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो ।



आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।

सम्बन्धित समाचार