
नेकपा सचिवालय सदस्यद्वय वामदेव गौतम र राम बहादुर थापा बादल तेस्रो गुट बनाउने तयारीमा जुटेका छन । नेकपाभित्र ओली र दाहाल-नेपाल पक्षका गुटगत भेलामा सहभागी नभएका गौतम र थापाले तेस्रो गुट निर्माण गर्ने तयारीस्वरूप गौतम निवासमा छलफल गरिरहेको स्रोतको दाबी छ ।
आफ्नो गुटको भेलामा आउन ओली र दाहाल-नेपाल पक्षको पटकपटकको आग्रहलाई अस्विकार गरेका गौतम र थापाले नेकपामा तेस्रो गुट बनाउने तयारी गरेका हुन्
त्यसै अनुरुप छलफल गर्न अहिले बादल गौतम निवास भैसेपाटीमा छन् । यस अघि दुवै नेताले फकाउन पुगेका ओली र दाहाल(नेपाल पक्षका नेताहरुलाइ गुटगत भेलामा नजाने भन्दै बिचार गर्न २-४ दिनको समय मागेका थिए ।
