प्रचण्ड-नेपाल पक्षमा तीन चौथाइ केन्द्रीय सदस्य, ओलीका पक्षका एक चौथाइ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टीका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१० जना रहेको पाइएको छ। उता प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुल केन्द्रीय कमिटीका २५ प्रतिशतमात्र केन्द्रीय सदस्य रहेको पाइएको छ।

४४१ नेपाल केन्द्रीय कमिटीका बहुमतका लागि २२१ सदस्य आवश्यक हुन्छ। ओली निकट रहेका सांसदहरुको संख्या १३० हाराहारीमा मात्र रहेका कारण उनीसँग बहुमत नभएको स्पष्ट भएको छ। उता प्रचण्ड-नेपाल पक्षसँग ३१० सदस्य रहेका कारण उनीहरु कुल संख्याको तीन चौधाइ केन्द्रीय सदस्य रहेको छ।



नेकपाका प्रचण्ड-नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन्।

सम्बन्धित समाचार