ओलीलाई बर्खास्थ गरी माधवलाई अध्यक्ष बनाएपछि प्रचण्डले भने-‘अब समस्या हुँदैन’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष माधवकुमार नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टीको विधानको मर्मअनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा बसेको केन्द्रीय समितिले नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्। बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार यसअघि केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन्।



सो बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट मुक्त गरी नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो।यसअघि ओली र प्रचण्डले आलोपालो पार्टी बैठकको अध्यक्षता गर्ने भनिए पनि सो प्रावधान लागु भएको थिएन।

सम्बन्धित समाचार