छोरा–बुहारीको अश्लिल भिडियो खिचेर बुहारीलाई ब्ल्याकमेल

भारतको मध्य प्रदेशको इन्दौरमा सम्बन्धमाथि प्रश्न तेर्साउने एउटा घटना सार्वजनिक भएको छ । २८ वर्षीया एक विवाहित महिलाले आफ्ना ससूरामाथि अन्तरंग पलहरुलाई कैद गरेको आरोप लगाएकी छिन् । उनका ससूराले उनको बेडरुममा क्यामरा लगाएर उनीहरुको भिडियो कैद गरेको र उक्त भिडियोलाई पोर्न साइटमा हालिदिने धम्की दिएर आफूमाथि ब्ल्यकमेल गरेको उनले आरोप लगाएकी छिन् ।

घटना इन्दौर शहरको बिजलपुर इलाकाको हो । पुलिसका अनुसार सन् २०१६ मार्च २० तारिखमा पीडित दिपा (परिवर्तित नाम) को कम्प्युटर एवं सफ्टवेयर इन्जिनियरसँग विवाह भएको थियो । विवाहको केही समय पछि नै उनका श्रीमानका परिवारले प्रताडित गर्न थालेको उनले बताइन् । पीडितालाई विश्वास गर्ने हो भने उनलाई उनका सासू–ससुराले कुटपिट गर्ने गरेको र सम्बन्धविच्छेदको लागि धम्की दिने गर्दथे ।



दिपा भन्छिन्, ‘प्रताडनाको हद त्यतिबेला पार भयो जब मेरा ससुराले बेडरुमको ढोका बन्द गर्न रोक लगाए ।’ दिपाका ससुराले ‘मसँग तेरो अश्लिल भिडियो छ । भिडियोलाई पोर्न साइटमा भाइरल गरिदिन्छु’ भनी धम्की दिने गरेको उनले पुलिसलाई जानकारी दिइन् । त्यसपछि नै आफूलाई बेडरुममा ससूराले हिडन क्यामरा राखेको जानकारी भएको बताइन् । पीडताका अनुसार उनका ससुरा मोबाइल टावर र सफ्टवेयरको कारोबारी हुन् । त्यसकारणको उनलाई प्राविधिक ज्ञान पनि छ । उनका ससूराले यसबारे पुलिसलाई जानकारी दिए आफू जसरी पनि जेलमा छुट्ने र त्यसपछि उनलाई बाँच्न लायक नछोड्ने धम्की दिने गरेको पनि उनले जानकारी दिइन् ।

सम्बन्धित समाचार