
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बोलाएको संसदीय दलको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक शुरु भएको हो । बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ ।
बैठकले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तोक्ने बताइएको छ। प्रचण्ड नेपाल पक्षको हिजो बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ।
बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल पक्षले संसद् विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाका लागि आवश्यक रणनीति तय गर्न पनि संसदीय दलको बैठक डाकेको हो।
