आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

यसैगरी, हाल गण्डकी, वागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।



शुक्रबार प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार पनि प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

सम्बन्धित समाचार