शेरबहादुर तामाङले छोडे ओलीको साथ, फर्किए  प्रचण्ड-नेपाल समूहतिर

संसद् विघटनसँगै विभाजित भएको नेकपामा नेताहरु दुई समूहमा आउने जाने क्रम जारी छ । यसैक्रममा सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ गएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए।



त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत बताएका थिए। प्रचण्ड(नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताए। प्रचण्ड-नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेको उनले बताए ।

आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड-नेपालतिर भएकाले भावनात्मक रूपमा पनि यतै लागेको उनले बताए।
तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।

सम्बन्धित समाचार