
प्रधानमन्त्री केपी ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् ।
‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटी बैठक सकिएपछिको पहिलो काम यही हुन्छ,’ विहीवार बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले भने ।
प्रतिनिधि सभा विघटनको भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा गरेका थिए । रिक्त ७ स्थानमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी भएको नेकपा स्रोतले बतायो ।
