
संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध साँझ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले मशाल जुलुस निकालेका छन् । सो क्रममा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरू पक्राउ परेका छन् ।
संसद् विघटनको विरोधमा बबरमहलबाट मशालसहित प्रदर्शनमा रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरिएको हो ।
आजैमात्र प्रचण्ड-नेपाल समुहले ओली विरुद्ध आन्दोलन घोषणा गरेका छन्। यो समूहलेअर्को शुक्रबार सरकारविरुद्व विशाल प्रदर्शन गर्नेलगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
