नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । शुक्रबार बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन् ।
विहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार गर्ने रहेको बताएका थिए ।
गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
