केपी ओली गोमन साँप जस्तो भए : झलनाथ खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ महाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए ।

‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए । अध्यक्षकै जसरी महासचिव पनि छानिने खनालले बताए ।



नेता खनालले यसअघिको नेकपामा केपी ओलीले जवरजस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशनसम्म २ अध्यक्ष रहने र महाधिवेशनपछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।

सरकारविरुद्ध प्रचण्ड नेपाल समूहले आजबाट आन्दोलन शुरु गरेको छ ।

सम्बन्धित समाचार